काठमाडौं, १७ जेठ २०८३ । प्रधानमन्त्री वालेन्द्र शाहले तत्काल विद्युतीय युगमा जान असंभव रहेको बताएका छन् ।
शाहले विद्युतीय चुलो इन्डक्सनबाट खाना पकाउने हो भने देशमा भएको टान्सफर्मर र सबस्टेसनको क्षमताले नधान्ने दाबी गरे । तत्काल सबैले देशभर विद्युतीय चुलोबाट खाना पकाउन थाल्ने हो भने सबै ट्रान्सफर्मर नै पड्किने अवस्था रहेको उनले बताए ।
‘अहिले तुरुन्तै विद्युतीय युगमा जान सक्ने अवस्था छैन । अहिले नै विद्युतीय चुलो, इन्डक्सनबाट पकाउने हो भने देशमा भएको टान्सफर्मर र सबस्टेशन सबै पड्किन्छन् । हाम्रो क्षमताले धान्दैन,’ प्रधानमन्त्री शाहले जवाफ दिने क्रममा भने ।
प्रधानमन्त्री शाहले प्राधिकरणको क्षमता विकास गर्न सरकारलाई पैसा चाहिएको बताउँदै त्यसका लागि विद्युत्मा ५ प्रतिशत भ्याट लगाइएको जवाफ दिए । उनले भने, ‘देशभरका टान्सफर्मरलाई अपग्रेड गर्नुपर्छ । तारको मोटाइ अपग्रेड गर्नुपर्छ । अनि मात्र विद्युतीय युगमा जान सक्छौँ । भ्याटबाट आएको पैसा यसमै खर्च हुन्छ ।






