Online Bichar
शुक्रबार, चैत्र १६, २०८० | Friday, March 29, 2024

गौरादह, २० फागुन । प्रदेश नं. १ का आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत कुमार कार्कीले सबै जातिको धर्म संस्कृति फरक भएतापनि हाम्रा सबै धर्मले मानव जातिको हितमा समर्पित रहेको बताउनु भएको छ ।

सबै जाति धर्मको सम्मान गर्न आग्रह समेत गर्नुहुँदै आज बाट गौरादह १ स्थित शैनिक टोलमा शुरु भएको श्री शिव महापुराण धनधान्याञ्चल ज्ञान महायज्ञको उदघाटन गर्नुहुँदै सो कुरा बताउनुभयो ।

कार्यक्रमका प्रमुख अतिथि प्रदेश नं. १ का आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत कुमार कार्कीले पुराणको ग्रन्थमा पुष्पाञ्जली अर्पण गरि पुराणको उदघाटन गर्नुभएको थियो ।

फागुन ३० गते सम्म सञ्चालन हुने महापुराणमा निर्माणधिन मन्दिर लाई पुरा गर्न तथा अक्षयकोष व्यवस्थापन गर्ने उद्देश्यले पुराणको आयोजना गरिएको आयोजकले जनाएको छ ।

श्री मोक्षेश्वर शिवालय मन्दिर मूल पुराण आयोजक समितिले आयोजना गरेको पुराणमा प्रमुख वाचक आचार्य श्री आषुतोष खनाल तथा उपवाचक पण्डित श्री दुर्गा प्रसाद दाहालले शिव महापुराण संगितमय कथा वाचन पाठ गर्नुहुने बताइएको छ ।

पुराण उदघाटनमा कलश यात्रा मन्दिर परिसर बाट शुरु भई बजार परिक्रमा गरी डिपुचोक बाट मन्दिरमा ल्याई समापन गरिएको थियो । प्रत्येक दिन पुजा आरती उपवाचक पाठ पारायण हुने भएकाले सबै भक्तजनलाई उपस्थित हुन पुराण आयोजक समितिका सचिव देवेन्द्र कुमार खड्काले आग्रह गरेका छन् ।

तपाईको प्रतिक्रिया