काठमाडौं, १० जेठ २०८३ । राष्ट्रिय स्वतन्त्र पार्टीले प्रथम राष्ट्रिय महाधिवेशनको तयारीका लागि कार्यतालिका सार्वजनिक गरेको छ । आगामी असार ७, ८ र ९ गते चितवनमा हुने प्रथम राष्ट्रिय महाधिवेशनका लागि केन्द्रीय निर्वाचन आयोगले उपप्रमुख राम गुरुङले महाधिवेशनको तयारीका लागि तालिका सार्वजनिक गरेका हुन्।
कार्यतालिकामा ७७ वटा जिल्ला र ७ वटै प्रदेशमा निर्वाचन समिति गठनदेखि पालिका, जिल्ला, प्रदेश अधिवेशन र महाधिवेशन प्रतिनिधिको नामावली संकलनसम्मका काम उल्लेख छन् ।
रास्वपाले निर्वाचनमा इलेक्ट्रोनिक भोटिङ मेसिन प्रयोगबारे पनि छलफल गर्ने भएको छ।






