Online Bichar
शनिबार, जेठ ०९, २०८३ | Saturday, May 23, 2026

झापा, ८ जेठ २०८३ । लागुऔषध मुद्दामा १० वर्ष कैद सजाय पाएका फरार प्रतिवादीलाई झापा प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय झापाबाट प्रहरी निरीक्षक विजय चौहानको कमाण्डमा खटिएको टोलीले गोप्य सूचनाको आधारमा आज बिहान करिब १०ः३० बजे भद्रपुर नगरपालिका–८ स्थित एसपी मोडबाट प्रतिवादीलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा भद्रपुर–८ बस्ने ४१ वर्षीय गुल्लु भनिने मोहम्मद असर्फ शेख रहेका छन् । उनलाई सम्मानित जिल्ला अदालत झापाको लगत नं. १२/३९६२ तथा २०८१ असोज ११ गतेको फैसलाअनुसार लागुऔषध मुद्दामा १० वर्ष कैद र ७५ हजार रुपैयाँ जरिवाना सजाय तोकिएको थियो ।

फरार रहेका शेखलाई पक्राउ गरी जिल्ला अदालत झापामा उपस्थित गराइएको प्रहरीले जनाएको छ । अदालतको आदेशपछि उनलाई कैद भुक्तानीका लागि जिल्ला कारागार झापा पठाइएको छ ।

तपाईको प्रतिक्रिया