Online Bichar
बिहिबार, जेठ ०७, २०८३ | Thursday, May 21, 2026

जनकपुरधाम, ७ जेठ २०८३ । मधेस प्रदेश सरकारमा नेकपा एमाले सहभागी हुने भएको छ । चार मन्त्रालयसहित सरकारमा सहभागी हुन लागेको संसदीय दलका नेता सरोजकुमार यादवले बताए ।

”एकजनालाई विना विभागीय मन्त्रीका रूपमा आजै शपथ गराउँदै चार मन्त्रालयसहित सरकारमा सहभागी हुनेछौँ,” यादवले भने ।

बाँकी मन्त्रीहरूको शपथ मुख्यमन्त्रीले विश्वासको मत लिएपछि गराउने तय भएको छ । अहिले मधेस सरकारमा कांग्रेसको नेतृत्व छ।

जसपा र नेकपाले समर्थन गरेका छन् ।शुक्रबार मुख्यमन्त्री कृष्ण प्रसाद यादवले विश्वासको मत लिने तयारी गरेका छन् । वैशाख २३ गते सरकारबाट जनमत पार्टीले समर्थन फिर्ता लिएसँगै सरकार परिवर्तनको संकेत देखिएको थियो ।

तर, सातै प्रदेशमा कांग्रेस–र एमाले नेतृत्वको सरकार बन्ने रणनीति तय भएपछि मधेस सरकार संकटबाट जोगिएको हो ।

तपाईको प्रतिक्रिया