Online Bichar
शनिबार, जेठ ०९, २०८३ | Saturday, May 23, 2026

जनकपुरधाम, ८ जेठ २०८३ । महोत्तरीमा डुबेर तीन बालिकाको ज्यान भएको छ । मनराशिसवा नगरपालिका–७, सरपल्लोका १३ वर्षीया स्नेहा भण्डारी, ६ वर्षीया शिवानी भण्डारी र अफ्साना खातुनको डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी निरीक्षक विश्वम्भरनाथ साहले जानकारी दिए । उनका अनुसार, स्नेहा र शिवानी दिदीबहिनी हुन् ।

स्नेहा र अफ्साना मुनीलाल माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थी छिन् । विद्यालय सकेर दुवैजना अंकुशी र जंघा खोलाको दोभानमा नुहाउने क्रममा घटना भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

तीनैजनाको शव पोस्टमार्टमको लागि प्रादेशिक अस्पताल जलेश्वरमा राखिएको छ । यस विषयमा थप अनुसन्धान भइरहेको छ ।

तपाईको प्रतिक्रिया