काठमाडौं, ७ जेठ २०८३ । नीति तथा कार्यक्रममा जवाफ दिन नआएका प्रधानमन्त्रीलाई खोज्दै बिहीबार पुनः संसद् अवरोध भएको छ ।
विपक्षीले प्रधानमन्त्रीको प्रश्नोत्तर कार्यक्रम माग गरी अवरोध गरेपछि प्रतिनिधिसभाको बैठक १५ मिनेट स्थगित भयो ।
त्यसपछि सभामुख डोलप्रसाद अर्याल प्रधानमन्त्री बालेन्द्र शाह भेट्न प्रधानमन्त्री कार्यालय पुगे । त्यसपछि उनले कार्यव्यवस्था परामर्श समितिको बैठक राखेका छन् । अहिले बैठक जारी छ ।





