Online Bichar
बिहिबार, जेठ ०७, २०८३ | Thursday, May 21, 2026

काठमाडौं, ७ जेठ २०८३ । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) र सभामुख डोलप्रसाद अर्यालबीच भेटवार्ता भएको छ ।

प्रतिपक्षीले प्रधानमन्त्रीको उपस्थितिलाई प्रश्न बनाएर संसद् अवरोध गरेपछि १५ मिनेटका लागि सभामुखले बैठक रोकेका थिए । त्यसपछि सभामुख अर्याल प्रधानमन्त्री भेट्न सिंहदरबार पुगेका हुन् ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको भेटवार्तामा समसामयिक विषयमा छलफल भएको सभामुखको सचिवालयले जानकारी गराएको छ ।

संसद्‌मा प्रधामन्त्री आउने विषयमा भने ठोस समझदारी भएको विषय जानकारीमा नआएको उनको सचिवालयले जनाएको छ ।

तपाईको प्रतिक्रिया