Online Bichar
बिहिबार, चैत्र १५, २०८० | Thursday, March 28, 2024

दाङ, २० फागुन । दाङमा सवारी दुर्घटनामा परि एकजना महिलाको मृत्यु भएको छ । आइतवार बेलुका भएको हायस गाडीको ठक्करबाट तुलसीपुर उपमहानगरपालिका वडा नं. १७ झिङ्गै निवासी अन्दाजी ७५ बर्षीया मोतिकला डाँगीको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

घोराहीबाट तुलसीपुर जाँदै गरेको बा २ ख ९८४१ नम्बरको हायसले पैदल यात्रारत डाँगीलाई ठक्कर दिएको ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख एवं डिएसपी प्रेमबहादुर शाहीले जानकारी दिए । तुलसीपुर स्थित राप्ती प्रादेशिक अस्पताल पुर्याए लगतै चिकित्सकले डाँगीलाई मृत घोषणा गरेका थिए ।

तपाईको प्रतिक्रिया