Online Bichar
शुक्रबार, बैशाख ०७, २०८१ | Friday, April 19, 2024

काठमाडौं, २० फागुन । नेपाली कथानक चलचित्र ‘साईंली’को ट्रेलर सार्वजनिक गरिएको छ । सार्वजनिक ट्रेलरमा लभ, रोमान्स र द्वन्द्व समेटिएको छ ।

दयाहाङ राई, गौरव पहारी, मेनुका प्रधान, प्रकाश घिमिरे, माओत्से गुरुङ, केनिपा सिंहलाई ट्रेलरमा फोकस गरिएको छ ।

चैत १५ गते रिलिज हुने चलचित्र ‘साईंली’लाई रामबाबु गुरुङले निर्देशन गरेका छन् । कथा पनि निर्देशक गुरुङले नै लेखेका हुन् ।

हेमन्त रानाको गीत ‘साईंली’ लोकप्रिय भएपछि सोही टाइटलमा चलचित्र निर्माणको घोषणा गरिएको थियो । छोटो समयमा युट्युबमा सबैभन्दा धेरै भ्युज पाउने गीत हो साईंली ।

तपाईको प्रतिक्रिया