Online Bichar
आइतबार, जेठ ०३, २०८३ | Sunday, May 17, 2026

झापा, ३ जेठ २०८३ । झापाको अर्जुनधारा नगरपालिका–४ दहीझोडा स्थित दुर्गापुर–खुदुनावारी सडक खण्डमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ।

दुर्गापुरबाट जुकेखाडीतर्फ जाँदै गरेको मे.४ प ७१९६ नम्बरको मोटरसाइकल आफैं अनियन्त्रित भई दुर्घटना भएको प्रहरीले जनाएको छ।

दुर्घटनामा कन्काई नगरपालिका–४ बस्ने ३५ वर्षीय मनोज कुमाल गम्भीर घाइते भएका थिए। उनलाई प्रारम्भिक उपचारका लागि बीएन्डसी अस्पताल बिर्तामोड लगिएको र पछि थप उपचारका लागि नोबेल अस्पताल विराटनगर रेफर गरिएको थियो।

उपचारकै क्रममा आइतबार राति ७२५ बजे उनको मृत्यु भएको अस्पताल स्रोतले जनाएको छ।

घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।

तपाईको प्रतिक्रिया