Online Bichar
आइतबार, जेठ ०३, २०८३ | Sunday, May 17, 2026

काठमाडौं, ३ जेठ २०८३ । घरायसी विवाद भएपछि चक्कु प्रहार गरी हत्या युवकको हत्या भएको छ। चन्द्रागिरी नगरपालिका-३ थानकोट खरिबोट डेरा गरी बस्ने महोत्तरी घर भएका २० वर्षीय जाकिर मन्सुरीको हत्या गरेको हत्या भएको हो।

हत्याको आरोपमा चन्द्रागिरी नगरपालिका-३ खरिबोट बस्ने महोत्तरी घर भएका ३८ वर्षीय समि अहमदलाई प्रहरीले पक्राउ गरेको छ।

समिले घरायसी विवादका क्रममा धारिलो हतियार चक्कु प्रहार गर्दा जाकिर गम्भीर घाइते भएका भन्ने खबर प्राप्त हुनासाथ प्रहरी वृत्त थानकोटबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो।

गम्भीर घाइते भएका जाकिरको मेडपोइन्ट अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो। यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ।

तपाईको प्रतिक्रिया