Online Bichar
आइतबार, जेठ ०३, २०८३ | Sunday, May 17, 2026

बुटवल, ३ जेठ २०८३ । देशभरका सुकुम्वासीले आइतबार रुपन्देहीको बुटवलमा विरोध प्रदर्शन गरेका छन् । सरकारले वर्षौंदेखि बसोबास गर्दै आएका अव्यवस्थित बसोबासी तथा भूमिहीन हटाउन नहुने उनीहरूको माग छ ।

नेपाल भूमिहीन सुकुम्वासी तथा अव्यवस्थित बसोबासी संघर्ष समिति रुपन्देहीको आयोजनामा बुटवलको राजमार्ग चौराहाबाट प्रदर्शन सुरु भएको थियो । त्यहाँबाट प्रदर्शन तथा र्‍याली मिलनचोक, बसपार्क, पुष्पलाल पार्क हुँदै ट्राफिक चोकमा पुगेर कोषसभामा परिणत भएको छ ।

प्रदर्शनमा विशेष गरी तराईका २२ जिल्लाका सुकुम्वासी सहभागी छन् । सरकारले विकल्पबिना सुकुम्बासी तथा अव्यवस्थित बसोबासीका घरटहरामा डोजर चलाएको, लखेट्ने कार्य गरेकाले प्रदर्शन गरिएको संघर्ष समितिका संयोजक खगेन्द्र पौडेलले बताए ।

सरकारले दीर्घकालीन व्यवस्थाको योजना नगरी हतारमा बस्तीमा डोजर चलाएपछि देशभरका करिब १२ लाखभन्दा बढी परिवारका झन्डै ५० लाख नागरिक प्रभावित भएका पौडेलको भनाइ छ ।

तपाईको प्रतिक्रिया