Online Bichar
शुक्रबार, जेठ ०१, २०८३ | Friday, May 15, 2026

काठमाडौं, १ जेठ २०८३ । ईभिसामा बेलायत पठाउने भन्दै नक्कली शैक्षिक प्रमाणपत्र निर्माण गरेर रकम ठगी गरेको आरोपमा २ जना पक्राउ परेका छन्।

पक्राउ पर्नेमा झापाको मेचिनगर नगरपालिका(१० घर भइ हाल काठमाडौं( ६ बस्ने ४२ वर्षीय लोब्साङ शेर्पा र ३९ वर्षीय टासी शेर्पा रहेका छन्। उनीहरूले ५ जना पीडितबाट ३० लाख ठगी गरेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका सूचना अधिकारी एवं प्रहरी उपरीक्षक रामेश्वर कार्कीले बताए।

शैक्षिक प्रमाणपत्रहरू नभएकाहरुलाई राष्ट्रिय परीक्षा बोर्डबाट प्रदान गरिने एसएलसीरएसईई, प्लस तथा एनओसी लेटर लगायतका शैक्षिक प्रमाणपत्रहरू नक्कली बनाई दिने गरेको पाइएको छ।

विदेश उड्ने दिनसम्ममा ६ लाख रुपैयाँ दिनुपर्ने र बाँकी रकम बेलायत पुगेपश्चात पाउने गरी चेक लिने गरेको उपरीक्षक रामेश्वर कार्कीले बताए।

कार्यालयको टोलीले उनीहरूलाई काठमाडौं महानगरपालिका(६ बाट पक्राउ गरेको हो। पक्राउ परेका दुवै जनालाई जिल्ला प्रहरी परिसर भद्रकाली पठाइएको छ।

तपाईको प्रतिक्रिया