Online Bichar
शुक्रबार, जेठ ०१, २०८३ | Friday, May 15, 2026

काठमाडौं, ३१ वैशाख २०८३ । प्रतिनिधिसभाबाट नीति तथा कार्यक्रम सर्वसम्मतिले पारित भएको छ । बिहीबार विपक्षीको बहिष्कार र प्रमुख प्रतिपक्षी दलको अवरोधबीच नीति तथा कार्यक्रम पारित भएको हो ।

अवरोधबीच अर्थमन्त्री डा। स्वर्णिम वाग्लेले प्रधानमन्त्रीका तर्फबाट नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ दिन थालेपछि विपक्षी चार दलले सदन बहिष्कार गरेका छन् । नेकपा एमाले, नेपाली कम्युनिस्ट पार्टी, श्रम संस्कृति पार्टी र राप्रपाका सांसदहरू बैठक छाडेर हिँडेका थिए ।

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सांसदहरूले भने सदनमै बसेर अवरोध गरेका थिए । प्रधानमन्त्री बालेन्द्र शाह सदनमा उनुपस्थित भएपछि अर्थमन्त्रीले जवाफ दिएका हुन् । विपक्षी दलहरूले भने प्रधानमन्त्री बालेन्द्र शाह ९बालेन० ले जवाफ दिनुपर्ने अडान राखेका थिए ।

बिहीबारै राष्ट्रियसभाबाट बहुमतले पारित भएको सरकारको नीति तथा कार्यक्रम प्रतिनिधिसभाबाट पनि सर्वसम्मतिले पारित भएको घोषणा गरिएको हो ।नीति तथा कार्यक्रममाथि उठेका प्रश्नहरूको जवाफ अर्थमन्त्री डा। स्वर्णिम वाग्लेले दिएका थिए ।

तपाईको प्रतिक्रिया