Online Bichar
बिहिबार, चैत्र १५, २०८० | Thursday, March 28, 2024

काठमाडौँ, १९ फागुन । कर्मचारी समायोजनका केही बुँदामा असहमति राख्दै आन्दोलनरत सरकारी चिकित्सक संघ (गोदान) ले सरकारको आश्वासनपछि आन्दोलनका सबै कार्यक्रम स्थगित गरेको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले गोदानले उठान गरेका माग सम्बोधन गर्न पहल गर्ने आश्वासन दिएपछि आन्दोलनका सबै कार्यक्रम फिर्ता लिइएको गोदानद्वारा आइतबार जारी विज्ञप्तिमा उल्लेख छ ।

प्रधानमन्त्री केपी शर्मा ओली र पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल तथा गोदानका पदाधिकारीका बीचमा शनिबार छलफल समेत भएको गोदानका अध्यक्ष डा दीपेन्द्र पाण्डे र महासचिव डा रवीन खड्काद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

समायोजन प्रक्रियामा सरकारी चिकित्सकलाई संघ अन्तर्गत नै राख्नुपर्ने, स्थानीय तह र प्रदेश तहमा कार्यरत चिकित्सकको वृति विकास रोकिन नहुने लगायतका माग उठान गर्दै गोदान आन्दोलनरत रहेको थियो ।
रासस

तपाईको प्रतिक्रिया