Online Bichar
बिहिबार, जेठ २८, २०८३ | Thursday, June 11, 2026

काठमाडौं, २७ वैशाख २०८३ । राष्ट्रिय स्वतन्त्र पार्टीले अधिवेशनको कार्यतालिका स्वीकृत गरेको छ। आज बसेको सचिवालय बैठकले वडा, पालिका र जिल्ला अधिवेशनको मिति तय गरेको हो। बैठकले प्रदेश समितिको सिफारिसको आधारमा बारा जिल्ला समिति विघटन गर्ने निर्णय गरेको छ।

यसैगरी पार्टी हित विपरीत कार्य गरेका विभिन्न जिल्लाका १५ जना सदस्यहरूको सदस्यता खारेजी गर्ने निर्णय गरिएको रास्वपाले जनाएको छ। रास्वपाको जिल्ला अधिवेशन जेठ २३ र २४ गते हुने भएको छ। रास्वपाले केन्द्रीय महाधिवेशनको तयारी गरिरहेको छ।

यस्तो छ कार्यतालिका :

२०८३ जेठ २: वडा भेला (समिति गठन नभएका वडाहरूमा)
जेठ ३: वडा अधिवेशन (वैशाख २० अगावै समिति गठन भएका वडा)
जेठ ९: पालिका भेला (समिति गठन नभएका पालिकाहरूमा)
जेठ १०: पालिका अधिवेशन (वैशाख २५ अगावै समिति गठन भएका पालिका)
जेठ १६: वडा अधिवेशन (जेठ ३ अगाडि गठन भएका बाँकी वडा)
जेठ १७: पालिका अधिवेशन (जेठ १० अगाडि समिति गठन भएका बाँकी पालिका)
जेठ २३ र २४: जिल्ला अधिवेशन

तपाईको प्रतिक्रिया