Online Bichar
आइतबार, बैशाख २७, २०८३ | Sunday, May 10, 2026

काठमाडौं, २७ वैशाख २०८३ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले केन्द्रीय सचिवालय बैठकमार्फत विभिन्न विभाग तथा प्रदेश तहका पदाधिकारीहरूको मनोनयन गरेको छ ।

आइतबार बसेको बैठकले मिलन पाण्डेलाई केन्द्रीय शिक्षा विभागको प्रमुखमा मनोनयन गरेको पार्टीले जनाएको छ ।

त्यसैगरी, स्टार्ट–अप विभागको प्रमुखमा डा. प्रभात अधिकारीलाई मनोनयन गरिएको छ । आरएटी (र्‍यापिड एक्सन टिम) केन्द्रीय विभाग प्रमुखमा बैकुण्ठ थापा (आशिष), मकवानपुर तथा उप–प्रमुखमा पूर्व डीआईजी (एपीएफ) विदुर खड्कालाई मनोनयन गरिएको छ ।

यसैगरी, रास्वपाले कर्णाली प्रदेशका लागि सह–महामन्त्री पदमा राजबहादुर साह र अविसरा सुवेदीलाई मनोनयन गरेको छ ।

तपाईको प्रतिक्रिया