Online Bichar
बुधबार, बैशाख १२, २०८१ | Wednesday, April 24, 2024

काठमाडौं, १९ फागुन । पोखराको सराङकोटबाट उडेको प्याराग्लाइडिङ फेवातालमा खस्दा एकजनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा रोमानियाका नागरिक ४२ वर्षीय एइड सिजर रहेका छन् । उनी ब्लु स्काइ प्याराग्लाइडिङ कम्पनीबाट पर्मिट लिएर उडेका थिए ।

प्याराग्लाइडिङ ल्याण्ड गर्ने बेलामा दुर्घटना भएको थियो ।
मोटरबोटबाट उद्धार गरी घाइतेलाई प्रहरीको गाडीमा राखेर सिर्जनाचोकस्थित मेट्रोसिटी हस्पिटल लगिएकोमा उपचारका क्रममा उनको मृत्यु भएको बैदाम प्रहरी कार्यालयका डिएसपी कोमल शाहले जानकारी दिए ।

तपाईको प्रतिक्रिया