Online Bichar
शनिबार, बैशाख २६, २०८३ | Saturday, May 9, 2026

झापा,२६ वैशाख २०८३ । झापाको कमल गाउँपालिका–५ गुजेश्वरी टोलमा सर्पले टोकेर एक बालक गम्भीर घाइते भएका छन्। शनिबार (आज) बिहान १०:५० बजे स्थानीय कर्ण बहादुर राईका ७ वर्षीय छोरा सायंक राईलाई आफ्नै घरको कोठामा खेलिरहेको अवस्थामा गोमन सर्पले दाहिने खुट्टामा डसेको थियो।

​घाइते बालकलाई तत्काल दमकस्थित सर्पदंश उपचार केन्द्रमा लगिएकोमा त्यहाँ सामान्य उपचार पश्चात थप उपचारका लागि बिर्तामोडस्थित बीएन्डसी अस्पतालमा राखिएको छ। बालकको अवस्था गम्भीर, बोल्न नसक्ने रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

तपाईको प्रतिक्रिया