Online Bichar
शुक्रबार, बैशाख १४, २०८१ | Friday, April 26, 2024

काठमाडौं, १९ फागुन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठकले पार्टीका नेता भरतमोहन अधिकारीको निधनमा आज आइतबार देशभर रहेका पार्टी कार्यालयमा पार्टीको झण्डा आधा झुकाउने निर्णय गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको आकस्मिक बैठकले यस्तो निर्णय गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

नेकपाले सबै पार्टी कार्यालयमा तीनदिनसम्म शोक पुस्तिका राख्ने निर्णय गर्दै २३ गते गर्ने भनिएको श्रद्धाञ्जली सभा संयुक्त रुपमा गर्ने निर्णय गरेको छ । २३ गते युवा नेता रवीन्द्र अधिकारीको निधनमा शोकसभा गर्ने निर्णय नेकपाले यसअघि नै गरेको थियो ।

तपाईको प्रतिक्रिया