Online Bichar
मंगलबार, बैशाख २२, २०८३ | Tuesday, May 5, 2026

काठमाडौं, २२ वैशाख २०८३ । राष्ट्रपति रामचन्द्र पौडेलले संवैधानिक परिषद्सम्बन्धी अध्यादेश जारी गरेका छन् । सरकारको सिफारिसमा मंगलबार उनले यो अध्यादेश जारी गरेका राष्ट्रपतिको कार्यालय स्रोतले जानकारी गराएको छ ।

राष्ट्रपतिले ‘संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) (पहिलो संशोधन) अध्यादेश, २०८३ जारी गरेका हुन् । नेपाल राजपत्रमा प्रकाशनपश्चात् यो व्यवस्था कार्यान्वयन हुनेछ ।

राष्ट्रपति पौडेलले संवैधानिक परिषद्सम्बन्धी अध्यादेश पुनर्विचार गर्न भन्दै यसअघि सरकारलाई फिर्ता पठाएका थिए । तर, सरकारले जस्ताको तस्तै पुनः राष्ट्रपतिसमक्ष अध्यादेश सिफारिस गरेको थियो ।

राष्ट्रपतिले ‘संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) (पहिलो संशोधन) अध्यादेश, २०८३ जारी गरेका हुन् । नेपाल राजपत्रमा प्रकाशनपश्चात् योसम्बन्धी व्यवस्था कार्यान्वयन हुनेछ ।

पुनर्विचार गर्न भन्दै अध्यादेश फिर्ता पठाएपछि प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) ले यसबारे लिखित जवाफ राष्ट्रपतिको कार्यालयमा बुझाएका थिए । राष्ट्रपतिले अध्यादेश फिर्ता गर्नुअघि कानुनविद्सँग परामर्श समेत गरेका थिए ।

तपाईको प्रतिक्रिया