काठमाडौं, २० वैशाख २०८३ । सरकारले मन्त्रालयको संख्या घटाएर १७ बनाउने खाका तयार पारेको छ । सर्वाधिक शक्तिशाली प्रधानमन्त्रीलाई ‘थप शक्तिशाली’ बनाउँदै १७ मन्त्रालयको खाका तयार पारिएको हो ।
एक मन्त्रीका अनुसार, सम्भवतः भोलि (वैशाख २१) नै बस्ने मन्त्रिपरिषद्ले खाका पास गरेपछि कार्यान्वयनको प्रक्रिया अघि बढ्नेछ । ती मन्त्रीका अनुसार, निर्णयसँगै ‘नेपाल सरकार कार्यविभाजन नियमावली र नेपाल सरकार कार्यसम्पादन नियमावली’ पनि संशोधन हुनेछन् ।
“भोलि ९सोमबार०को मन्त्रिपरिषद् बैठकमा सम्भवत मन्त्रालय गाभिने गरी तयार पारेको खाका स्वीकृत हुनेछ,” ती मन्त्रीले बाह्रखरीसँग भने, “मन्त्रालय गाभिने गरी तयार पारेको खाका र सँगै तयार भएको ‘नेपाल सरकार कार्यविभाजन नियमावली’ र ‘नेपाल सरकार कार्यसम्पादन नियमावली’ पारित भएपछि दिन तोकेरै मन्त्रालय गाभिने प्रक्रिया अघि बढ्नेछ ।”
यस्तो छ गाभिएपछि कायम हुने १७ मन्त्रालयको खाका
१. प्रधानमन्त्री, मन्त्रिपरिषद्को कार्यालय: प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको सामान्य प्रशासन/निजामती/संगठन सुधार भाग/सूचना प्रविधिको प्रविधिसम्बन्धी, डाटा सुरक्षा, एआई /संघीय मामिला र स्थानीय शासन/सम्पत्ति शुद्धीकरण विभाग
२. अर्थ मन्त्रालय: अर्थ मन्त्रालय/विकास साझेदारी/विदेशी सहायता समन्वयको स्पष्ट जिम्मेवारी थप्ने
३. गृह मन्त्रालय: गृह मन्त्रालय/विपद्सम्बन्धी सबै कार्य, कार्यालयहरू समायोजन
४. परराष्ट्र मन्त्रालय: परराष्ट्र मन्त्रालय/विदेशी मामिला
५. कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय: कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय/कानुन आयोगको काम सबै यसैमा राख्ने/कानुनसम्बन्धीका सबै निकाय
६. स्वास्थ्य तथा खाद्य सुरक्षा मन्त्रालय स् स्वास्थ्य तथा जनसंख्या मन्त्रालय/खानेपानी तथा सरसफाइ मन्त्रालयको सरसफाइ (खानेपानीको पूर्वाधार, सरसफाइको खाद्य पूर्वाधार एकीकृत पूर्वाधार) /खाद्य सुरक्षाको नियमन, खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग, नियमनकारी काम
७. शिक्षा तथा खेलकुद मन्त्रालय: शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको शिक्षा मात्र, र युवा तथा खेलकुद मन्त्रालयको खेलकुद मात्र
८. कृषि सहकारी तथा ग्रामीण विकास मन्त्रालय: कृषि तथा पशुपन्छी विकास मन्त्रालय/भूमि व्यवस्था मन्त्रालयको भूमि प्रशासन, भूउपयोग, जग्गा सुधार भाग/सहकारी र ग्रामिण विकासको नयाँ कम्पोनेन्ट थप गर्ने
९. सामाजिक सुरक्षा तथा महिला, बालबालिका र लैंगिक तथा यौनिक अल्पसंख्यक मामिला मन्त्रालय: महिला बालबालिका तथा ज्येष्ठ नागरिक, श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको सामाजिक सुरक्षा भाग/गृहको सामाजिक सुरक्षा
१०. उद्योग वाणिज्य तथा नवप्रवर्तन मन्त्रालय: उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय/विज्ञान तथा प्रविधि/ नवप्रवर्तन
११. युवा, श्रम तथा रोजगार मन्त्रालय: श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, युवा तथा खेलकुद मन्त्रालयको युवा भाग/सीएसआर/वैदेशिक रोजगारी
१२. ऊर्जा, सिँचाइ तथा जलस्रोत मन्त्रालय: ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय/जलको मुहान, पानी खानेपानीको वितरण, मर्मत लगायतको काम
१३. एकीकृत पूर्वाधार मन्त्रालय: भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय/सहरी विकास मन्त्रालय/खानेपापानी मन्त्रालयको पूर्वाधार क्षेत्र/ सरसफाइको ढल निकास
१४. वन, पर्यावरण तथा जलवायु मन्त्रालय: वन तथा वातावरण मन्त्रालय/पर्यावरण/जलवायु
१५. संस्कृति, पर्यटन, तथा संस्कृति, पर्यटन: संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय/भाषिक विविधता संरक्षण/तीर्थाटन विभाग
१६. सञ्चार मन्त्रालय: सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको सञ्चारर हुलाक सेवा/जनगुनासो व्यवस्थापन/क्रियटिभ इन्डस्टी/बहुभाषिक सञ्चार/फेक न्यूज नियन्त्रण तथा तथ्य–जाँचर डिजिटल सामग्री उद्योग प्रवर्द्धन/सार्वजनिक सूचना क्याम्पेन/राष्ट्रिय अभिलेख/रेकर्ड व्यवस्थापन
१७. रक्षा मन्त्रालय: रक्षा मन्त्रालयको विस्तृत विवरण खुलाइएको छैन ।






