Online Bichar
बिहिबार, बैशाख २७, २०८१ | Thursday, May 9, 2024

ताप्लेजुङ, १९ फागुन । २०७३ सालको मंसिर ८ गते नेपालको दोस्रो तथा विश्वको तेस्रो अग्लोे शिखर कञ्जनजंघामा मानवले पाइला टेकेको ६० वर्ष पुगेको अवसरमा संसद्को विकास समितिले ताप्लेजुङको फुङ्लिङमा हरिक महोत्वको आयोजना गरेको थियो । कार्यक्रमको दोस्रो दिनका मुख्य वक्ता थिए , तत्कालीन विकास समिति सभापति रवीन्द्र अधिकारी ।

अहिले प्रतिनिधिसभाका सदस्य रहेका योगेशकुमार भट्टराईले ताप्लेजुङमा विकासका सम्भावना र चाल्नुपर्ने पाइलाबारे कार्यक्रम प्रस्तुत गरे । मुख्य वक्ताका रुपमा अधिकारीले भनेका थिए, ‘मेरो मन ताप्लेजुङमै छ । ताप्लेजुङको विकासका लागि मेरो तर्फबाट महत्वपूर्ण योगदान रहनेछ ।’ यो समाचार आजको नागरिक दैनिकमा खगेन्द्र अधिकारीले लेखेका छन् ।

विकास समितिको सभापतिको नाताले ताप्लेजुङको सुकेटारबाट ओलाङ्चुङगोला हुँदै टिपताला भन्ज्याङसम्मको निर्माणाधीन लोकमार्गलाई राष्ट्रिय गौरवको आयोजनामा समावेश गर्न उनले उतिबेला सरकारलाई निर्देशन पनि दिएका थिए । ‘तर अव न रवीन्द्रको मन रह्यो, न तन नै,’ मन्त्री अधिकारीका समकालीन सहपाठी रवीन्द्रमणी काफ्लेले भावुक हुँदै भने ।

पत्रपत्रिकाबाट

तपाईको प्रतिक्रिया