Online Bichar
शुक्रबार, बैशाख ०७, २०८१ | Friday, April 19, 2024

गौरादह, १८ फागुन । झापाको गौरादहमा ज्येष्ठ नागरिकहरुलाई अल्जाइमर्स रोग र उनिहरुप्रति हुन सक्ने हिंसा र दुव्र्यव्यवहार सम्बन्धि चेतनामुलक १ दिने गोष्ठी सम्पन्न भएको छ । गौरादह नगरपालिक महिला तथा बालबालिका शाखा तथा ज्येष्ठ नागरिक संघ गौरादहले संयुक्त रुपमा आयोजना गरेको गोष्ठीमा नगरभित्रका ज्येष्ठ नागरिकहरु सहभागिता भएका थिए ।
धरान घोपा क्याम्पका मानसिक रोग विशेषज्ञ डा. निदेश सापकोटाले ज्येष्ठ नागरिकहरुमा बिर्सने रोगको समस्या आउने भएकाले त्यसको निराकरणका उपायहरुको बारेमा जानकारी गराएकका थिए । डाक्टरले अल्जाइमर्स रोग के हो, लक्षणहरु, यसबाट बच्ने उपाय, रोग लाग्ने कारणहरुका बारेमा प्रशिक्षण दिएका थिए ।
अधिवक्ता लक्ष्मी प्रसाद अधिकारीले ज्येष्ठ नागरिकहरुको कानुनी अधिकारको विषयमा प्रशिक्षण दिएका थिए । ज्येष्ठ नागरिक संघ गौरादह नगर अध्यक्ष गोपाल प्रसाद काफ्लेले कार्यक्रमको औचित्य माथि प्रकाश पारेका थिए ।
गौरादह नगरपालिका उपमेयर गीता भेटवालको सभापतित्वमा कार्यक्रम सम्पन्न भएको थियो । त्यसअवसरमा मेयर रोहित कुमार शाहले शुभकामना मन्तव्य राखेका थिए ।

महिला विकास शाखा गौरादह नगर अधिकृत मिरा भट्टराई संयोजक रहेको कार्यक्रममा गौरादह नगर प्रवक्ता नगेन्द्र भण्डारीले स्वागत मन्तव्य राखेका थिए ।

तपाईको प्रतिक्रिया