झापा, १५ वैशाख २०८३ । झापाको शिवसताक्षी नगरपालिका–११ स्थित इलाका प्रहरी कार्यालय झिलझिलेमा पुनर्निर्माण (रंगरोगन) तथा नयाँ कन्ट्रोल रुम निर्माण कार्य सम्पन्न भएको छ।
सोमबार दिउँसो करिब २ः४० बजे आयोजित एक कार्यक्रमका बीच उक्त संरचनाको उद्घाटन गरिएको हो। कार्यक्रममा शिवसताक्षी नगरपालिकाका मेयर मेगाहाङ थोप्रा प्रमुख अतिथिका रूपमा सहभागी भएका थिए भने जिल्ला प्रहरी कार्यालय झापाका प्रमुख प्रहरी उपरीक्षक बसुन्धरा खड्का ले संयुक्त रूपमा उद्घाटन गरेका थिए।
झिलझिले बजार व्यवस्थापन समिति तथा स्थानीयवासीको सहयोगमा निर्माण गरिएको उक्त संरचनाले प्रहरी सेवाको प्रभावकारिता थप सुदृढ हुने अपेक्षा गरिएको छ।
उद्घाटन कार्यक्रममा स्थानीय जनप्रतिनिधि, बुद्धिजीवी, समाजसेवी, पत्रकार तथा स्थानीय बासिन्दासहित करिब ५० देखि ६० जनाको उपस्थिति रहेको थियो।






