Online Bichar
शुक्रबार, चैत्र १६, २०८० | Friday, March 29, 2024

गौरादह, १८ फागुन । झापाको गौरादहमा डि. नरबहादुर बस्नेत स्मृति प्रतिष्ठानको उदघाटन गरिएको छ । २०७५ सालमा स्थापना भएको प्रतिष्ठानको आज एक औपचारिक कार्यक्रमका बिच प्रदेश नं. १ का आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत कार्कीले उदघाटन गरेका हुन् ।

गौरादह क्षेत्रमा बालबालिका, ज्येष्ठ नागरिक कृषि र सामाजिक क्षेत्रमा काम गर्ने उद्देश्यले स्थापना भएको संस्थाले आज यस क्षेत्रमा रहेका विभिन्न क्षेत्रमा योगदान पु¥याउने व्यक्तित्वहरुलाई सम्मान गरिएको छ ।
सम्मानित हुनेहरुमा भाषा साहित्य क्षेत्रमा धर्मेन्द्र शर्मा न्यौपाने, शिक्षा क्षेत्रमा टहलदास अधिकारी र पुण्य प्रसाद दाहाल, शिक्षा तथा राजनितिक क्षेत्रमा डिल्ली सेढाईं, महिलाहरुको नेतृत्व गर्न भुमिका निर्वाह गरे बापत टिकामाया श्रेष्ठ र रेडक्रस मार्फत मानव सेवामा सहयोग गरे बापत केदार ताजपुरीयालाई सम्मान पत्र सहित दोसल्ला ओढाई सम्मान गरिएको थियो ।

कार्यक्रमका प्रमुख अतिथि आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत कार्कीले गौरादहको आधारशिला खडा गर्न डिठ्ठा नरबहादुर बस्नेतले योगदान पु¥याएको धारणा राखेका थिए ।
अन्य अधिकांश वक्ताहरुले डि. नरबहादुर बस्नेतले गौरादह क्षेत्रमा विकास निर्माणका लागि पु¥याएको योगदानको चर्चा गरेका थिए ।

यसरी मन्तव्य राख्नेहरुमा गौरादह नगरपालिका का मेयर रोहित कुमार शाह, अधिवक्ता लेखनाथ निरौला, जनता मावि गौरादहका प्रधानाध्यापक बुद्धीमान कार्की, संस्थाका संरक्षक बद्री कुमार बस्नेत लगायतले शुभकामना मन्तव्य राखेका थिए । प्रतिष्ठानका अध्यक्ष सुरेश बहादुर पौडेलको सभापतित्वमा कार्यक्रम सम्पन्न भएको थियो ।

तपाईको प्रतिक्रिया