Online Bichar
मंगलबार, बैशाख ०८, २०८३ | Tuesday, April 21, 2026

विराटनगर, ८ वैशाख २०८३ । मोरङको जहदा गाउँपालिका–६ मा पोखरीमा डुबेर मंगलबार दिउँसो एक बालिकाको मृत्यु भएको छ । प्रहरीका अनुसार जहदा–५ का वसन्तलाल महतोकी छोरी ८ वर्षीया आँचल महतोको मृत्यु भएको हो । खेल्ने क्रममा महतो जहदा–६ का लगनलाल मण्डलको पोखरीमा दिउँसो १ बजेतिर डुबेकी थिइन् ।

पोखरीमा डुबेर अचेत भएको अवस्थामा आफन्तले फेला पारेर उनलाई उद्धार गरी तत्काल उपचारका लागि विराटनगरको कोशी अस्पताल ल्याएका थिए। अस्पताल पुर्‍​​​​याउना साथ चिकित्सकले मृत घोषित गरिदिएको प्रहरीले जनाएको छ । शव कोशी अस्पतालमै छ । इलाका प्रहरी कार्यालय रंगेलीका इन्स्पेक्टर नरेन्द्रकुमार बोगटी नेतृत्वको टोलीले घटनाको अनुसन्धान गरिरहेको छ ।

 

तपाईको प्रतिक्रिया