Online Bichar
मंगलबार, बैशाख ०८, २०८३ | Tuesday, April 21, 2026

काठमाडौं, ८ वैशाख २०८३ । सेयर कारोबार साताको दोस्रो दिन मंगलबार नेप्से परिसूचक दोहोरो अंकले घटेर बन्द भएको छ। नेप्से परिसूचक १८.१० अंकले घटेर २८०७.१२ विन्दुमा अडिएको छ। अघिल्लो दिन सोमबार नेप्से परिसूचक १३.१७ अंकले घटेर २८२५.२३ विन्दुमा पुगेको थियो। सो दिन ५ अर्ब ४३ करोड मूल्य बराबरको सेयर कारोबार भएको थियो।

परिसूचक दोहोरो अंकले घटे पनि कारोबार रकम भने सोमबारको तुलनामा सामान्य बढेको छ। आज ३४७ वटा स्क्रिप्सको १ करोड ३० लाख १९ हजार ५५ वटा कित्ता सेयर ५ अर्ब ७७ करोड ४३ लाख १७ हजार ८७९ रुपैयाँमा खरिदबिक्री भए।

कारोबारमा आएकामध्ये ४८ वटा स्टक्सको मूल्य बढ्दा २१५ वटाको घट्यो। ६ वटा स्टक्सको मूल्य भने स्थिर रह्यो। तीनवटा कम्पनीको सेयर १५ प्रतिशतले बढ्यो। सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिक,पाल्पा सिमेन्ट इन्डस्ट्रिज र शिखर पावर डेभलपमेन्ट लिमिटेडको सेयर १५ प्रतिशतले बढेको हो।

कर्पोरेट डेभलपमेन्ट बैंकको १४.८२ प्रतिशतले बढ्दा एसियन हाइड्रोपावरको १०.३८ प्रतिशतले बढ्यो। दोल्ती पावरका लगानीकर्ताले सर्वाधिक गुमाए। सो कम्पनीको सेयर ८.७१ प्रतिशतले घट्यो।

कारोबार रकमका आधारमा सोलु हाइड्रोपावर शीर्षस्थानमा रह्यो। सो कम्पनीले ३७ करोड मूल्य बराबरको सेयर कारोबार भयो। रिलायन्स स्पिनिङ्ग मिल्सले ३० करोडको सेयर कारोबार गर्दा नेसनल हाइड्रोपावरले २३ करोड,होटल फरेस्टी इनले २२ करोड र एसवाइ प्यानल नेपालले १८ करोड मूल्य बराबरको सेयर कारोबार गरे।

होटल्स एण्ड टुरिजमबाहेक अरु बाँकी समूहको उपसूचक नकारात्मक देखिए। होटल्स एण्ड टुरिजम समूहको उपसूचक १.१६ प्रतिशतले बढ्यो।

 

तपाईको प्रतिक्रिया