Online Bichar
शनिबार, बैशाख ०८, २०८१ | Saturday, April 20, 2024

पत्रपत्रिकाबाट
काठमाडौं, १७ फागुन । जर्मन प्रहरीले भारतीय र नेपाली मानव तस्करीको संगठित गिरोहका पाँच सदस्यलाई पक्राउ गरेको छ । त्यहाँको म्युनिखस्थित संघीय प्रहरीले युरोपेली नागरिकसँग नक्कली बिहे गराएर तस्करी धन्दा चलाउने समूहको पहिचान गर्न रोमानिया, पोल्यान्ड र डेनमार्क प्रहरीसँग मिलेर अप्रेसन सुरु गरेको थियो ।

भारतीय अनलाइन पोर्टल फस्ट पोस्ट र हिन्दुस्तान टाइम्सका अनुसार प्रहरीको ‘कोभर्ट अप्रेसन’मा युरोपको आवसीय अनुमति पाउन भारतीय र नेपालीले युरोपेलीहरुसँग नक्कली बिहे गर्ने र कागजात हात पार्ने गरेको देखिन्छ ।

अहिले जर्मनी केन्द्रीय रहे पनि विस्तार गरिने प्रहरीले जनाएको छ । अहिलेसम्म १२ हजार यूरो अर्थात १५ लाख रुपैयाँभन्दा धेरै बुझाइ करिब २ सय नेपाली र भारतीयले नक्कली बिहेमार्फत युरोपको आवास अनुमति लिएको म्युनिखस्थित संघीय प्रहरी निर्देशनालयलाई उद्धृत गर्दै फस्ट पोस्टले लेखेको छ । यो समाचार कान्तिपुरमा प्रकाशित छ ।

तपाईको प्रतिक्रिया