Online Bichar
बिहिबार, बैशाख ०६, २०८१ | Thursday, April 18, 2024

पत्रपत्रिकाबाट
काठमाडौं, १७ फागुन । गत शनिबार प्रवेश गरेको पश्चिमी वायुको प्रभाव सकिएपछि शुक्रबार (आज) मौसम खुल्ने भए पनि शनिबारदेखि पुनः वर्षा सुरु हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । शनिबार अर्को जलवाष्प प्रवेश हुने भएकाले वर्षाको सम्भावना रहेको मौसमविद् समीर श्रेष्ठले बताए ।

‘भारतको जम्मु–कास्मिरलगायत क्षेत्रमा नयाँ जलवाष्प प्रवेश गरिसकेको छ । शनिबारसम्म नेपालको पश्चिम क्षेत्रमा भित्रिन्छ,’ श्रेष्ठले भने, ‘शनिबार नै पश्चिममा हल्का वर्षासँगै उच्च हिमाली क्षेत्रमा हिमपातको सम्भावना छ ।’

आइतबारदेखि उपत्यकासहित मध्य क्षेत्रमा हलुका वर्षासँगै उच्च पहाडी र हिमाली क्षेत्रमा हिमपात हुने प्रक्षेपण गरिएको उनले बताए । नेपाल प्रवेश गरेपछि मात्रै यो जलवाष्प कति दिनसम्म रहन्छ भन्ने सकिने मौसमविद् श्रेष्ठको भनाइ छ ।

शुक्रबार केही पहाडी क्षेत्रमा हलुका वर्षा हुन सक्ने भए पनि अधिकांश भागमा घाम लाग्ने मौसम पूर्वानुमान महाशाखाको छ । बिहीबार काठमाडौं उपत्यकासहित अधिकांश क्षेत्रमा पानी परेको थियो ।

पहाडी र उच्च हिमाली क्षेत्रमा मात्रै होइन काडमाडौंआसपासका डाँडाकाँडामा समेत हिउँ परेको थियो । यो समाचार नयाँ पत्रिकामा प्रकाशित छ ।

तपाईको प्रतिक्रिया