Online Bichar
आइतबार, जेठ २१, २०८० | Sunday, June 4, 2023

पत्रपत्रिकाबाट
काठमाडौं, १७ फागुन । इराकमा दुई हजार डलरमा नेपाली युवती किनबेच हुने गरेको खुलेको छ। नेपाली युवती इराक लगेर बिक्री गर्ने दम्पतीलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले पक्राउ गरेको खबर नयाँ पत्रिकाले छापेको छ।

पक्राउ वरेका नारायण बस्नेत र श्रीमती लक्ष्मीले नेपाली युवती इराक लगेर दुई हजार डलरमा बिक्री गरेको प्रहरीले बताएको छ। सीआईबीका प्रवक्ता एसपी उमाप्रसाद चतुर्वेदीका अनुसार लक्ष्मी नेपालमै बसेर इराक जाने युवती खोज्ने र श्रीमा् नारायण नयाँदिल्लीमा बसेर सेटिङ मिलाउने काम गर्थे। बस्नेत दम्पतीको गिरोहमा अन्य पनि रहेको र उनीहरू फरार रहेको प्रहरीले जनाएको छ।

उनीहरूविरुद्ध मानव बेचविखन र संगठित अपराधको मुद्दा सँगसँगै अघि बढाएको प्रहरीले जनाएको छ। नेपालको विमानस्थलबाट भिजिट भिसामा कडाइ भएपछि मानव तस्करीमा संलग्न समूहले भारतलाई ‘ट्रान्जिट’का रूपमा प्रयोग गर्दै आएका छन्।

तपाईको प्रतिक्रिया