Online Bichar
शुक्रबार, बैशाख १४, २०८१ | Friday, April 26, 2024

पत्रपत्रिकाबाट

काठमाडौं, १६ फागुन । भारत र पाकिस्तानमा भइरहेको युद्धका कारण पाकिस्तानको आकाश हुँदै नेपाल आवतजावत गर्ने विमानको उडान प्रभावित भएको छ । नेपाल उडान गर्ने कतार एयरवेज, टर्किस एयरलाइन्स र इतियाज एअरको उडान प्रभावित भएको हो । यो समाचार आजको नागरिक दैनिकमा खिलक बुढाथोकीले लेखेका छन् ।

पाकिस्तानले भारतको बाटो हुँदै आफ्नो एयर रुटमा प्रवेश गर्न रोक लगाएको छ। सोही कारणले गर्दा पाकिस्तान हुँदै भारत भएर नेपाल आवतजावत विमानहरुको उडान प्रभावित भएको हो ।

त्रिभुवन अन्र्तराष्ट्रिय विमानस्थलका प्रवक्ता प्रतावबाबु तिवारीका अनुसार कतार एअरवेजले बैकल्पिक रुटको प्रयोग गरेर उडान गरेको छ। तर, टर्किस र इतियाज एअरको उडान भने रद्द गरिएको छ ।

कतार एयरवेजको विमान भने पाकिस्तानको आकाश छलेर बैकल्पिक रुटबाट उडेको छ । तिवारीका अनुसार बिहान ११ः३० उड्नुपर्ने विमान पाकिस्तानले रोक लगाएपछि बैकल्पिक रुटको प्रबन्ध मिलाउँदा दिउँसो मात्रै उडेको थियो ।

त्यसैगरी टर्किस एयरलाइन्सको जहाज उडेको छैन्। बुधबार दिउँसो १२ बजे उड्नुपर्ने जहाज पाकिस्तानले रोक लगाएसँगै विमानस्थलमै थन्किएको छ । त्यसैगरी इतिहाद एअरवेजले पनि उडान रद्द गरेको छ। युएइको यो एअरवेजले नेपाल आउने उडान रद्द गरेको हो ।

त्रिभुवन अन्र्तराष्ट्रिय विमानस्थलका महाप्रबन्धक राजकुमार क्षत्रीका अनुसार पाकिस्तानको आकाश भएर भारतहुँदै नेपाल आवतजावत गर्ने जहाजलाई बैकल्पिक रुटबाट आवतजावत गर्न व्यवस्था मिलाउन लागेको बताए ।

तपाईको प्रतिक्रिया