काठमाडौं, २७ चैत २०८२ । नेप्से परिसूचक दोहोरो अंकले घटेको छ। आज नेप्से परिसूचक १३.४५ अंकले घटेर २८३७.७८ विन्दु कायम भएको हो।
यसदिन ३३५ वटा स्क्रिप्सको २ करोड १० लाख ८७ हजार ६२८ कित्ता सेयर ८ अर्ब ९९ करोड ३२ लाख ८० हजार ९६७ रुपैयाँमा खरिदबिक्री भए। कारोबारमा आएकामध्ये ५६ वटा स्टक्सको मूल्य बढ्दा २०९ वटाको घट्यो। ३ स्टकको मूल्य भने स्थिर रह्यो।
यसदिन ८ वटा कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भयो। भुजुङ हाइड्रोपावर, सुपर खुदी, होटल फोरेस्ट, पाल्पा सिमेन्ट, रिड्ज लाइन, सूर्यकुण्ड हाइड्रो, शिखर पावर र रिलायन्स स्पिनिङ मिल्सको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भयो।
आइतबार सार्वजनिक बिदा हुने भएसँगै आजदेखि शुक्रबार पनि सेयर कारोबार हुन थालेको छ।






