Online Bichar
शनिबार, जेठ २०, २०८० | Saturday, June 3, 2023

पत्रपत्रिकाबाट
हेटौँडा, १६ फागुन । प्रदेश ३ सरकारले आफ्नो मातहतमा रहेका कर्मचारीलाई घुम्नका लागि एक महिनाको तलब उपलब्ध गराएको छ।आन्तरिक पर्यटन प्रवर्धन गर्ने उद्देश्यले प्रदेश सरकारले रकम उपलब्ध गराएको समाचार कान्तिपुर दैनिकले छापेको छ।

प्रदेश ३को राजधानीबाहेकका स्थानमा कर्मचारीले कम्तीमा पाँच दिन भ्रमण गर्नैपर्ने नियम सरकारले बनाएको छ।

भ्रमण गरेको तस्विर र प्रतिवेदन सम्बन्धित कर्मचारीले पेश गर्नुपर्ने प्रावधान छ। गत असार १ सम्म प्रदेश मातहतमा रहेका कर्मचारीलाई एक महिनाको तलब उपलब्ध गराइएको हो।

हालसम्म प्रदेश मातहतका १५६ जना निजामती कर्मचारीले रकम लिएर आन्तरिक भ्रमण गरिसकेका छन्। ‘एक मिहनाको तलब लिएर घर बस्न पाइँदैन’, मुख्यमन्त्री कार्यालयका सचिव रमेश सिवाकोटीले भने, ‘भ्रमण गरेको, तस्विर र प्रतिवेदन नबुझाएसम्म पेस्की नबुझाएसम्म पेस्की फर्छ्योट हुँदैन।’

तपाईको प्रतिक्रिया