Online Bichar
शुक्रबार, बैशाख १४, २०८१ | Friday, April 26, 2024

युवराज दहाल र आङछिरिङको मोवाएलमा फोन जान्छ तर उठ्दैन ।

काठमाडौं, १५ फागुन । दुर्घटनामा परेको पर्यटन मन्त्री रविन्द्र अधिकारी चढेको हेलिकोप्टरमा अन्य ६ जना रहेको बताइएको छ । हेलिकोप्टरमा पर्यटन व्यवसायी आङछिरिङ शेर्पा, प्रधानमन्त्री कार्यालयका उपसचिव युवाराज दाहाल पनि हेलिकोप्टरमा भएको जानकारी प्राप्त भएको छ । उनीहरुको नम्बरमा फोन गए पनि फोन उठ्दैन ।

यसको अर्थ दुर्घटनामा फोन नष्ट भएको छैन । त्यसैले दुर्घटनामा परेकाहरु सकुशल रहेको आशा गर्न सकिन्छ । चुहानडाँडा विमानस्थल निरीक्षण गर्न गएको सो टोली ताप्लेजुङको पाथीभरा पनि दर्शन गर्न गएको थियो । फर्कने क्रममा सो दुर्घटना भएको बताइएको छ ।

स्रोत अनुसार सेनाको हेलिकोप्टर खोजी तथा उद्दारका लागि काठमाडौंबाट जान लागेको छ । दुर्घटना स्थलमा केही बेरमा प्रहरीको उद्दार टोली पुग्ने जानकारी प्राप्त भएको छ ।

तपाईको प्रतिक्रिया