Online Bichar
शनिबार, साउन १२, २०८१ | Saturday, July 27, 2024

पत्रपत्रिकाबाट

विराटनगर, १५ फागुन । मोरङको जहदा गाउँपालिका भएर बग्ने सिगियाखोलामा भारतीय नागरिकले कच्चीपुल बनाएर रकम असुल्दै आएको पाइएको छ । वर्षैभरि करिब चार फिट पानी बग्ने सो खोलामा सरकारीस्तरबाट पुल बनाउने प्रयास नभएकै कारण विगत आठ वर्षदेखि भारतीय नागरिक जगमलाल रामले खोलामा बाँसको कच्ची पुल बनाएर आउजाउ गर्नेसँग रकम लिँदै आएका छन् । यो समाचार आजको नेपाल समाचारपत्रमा सरोज यादवले लेखेका छन् ।

छिमेकी भारतको बिहार प्रान्तको फूलकाही निवासी ७५ वर्षीय रामले सो खोलामा ३२ फिट लामो कच्ची पुल बनाएर स्थानीयबासीबाट रकम लिने गरेका हुन् ।

सो कच्ची पुल भएर दैनिक २ हजारको हाराहारीमा सर्वसाधारण आउजाउ गर्ने गरेको उनीहरु बताउँछन् । स्थानीयबासीले कच्ची पुल तिरेबापत रामलाई वर्षेनी प्रति परिवार एक मनसम्म धान र गहुँ दिने गरेका छन् ।

तपाईको प्रतिक्रिया