Online Bichar
सोमबार, आषाढ २२, २०८३ | Monday, July 6, 2026

पत्रपत्रिकाबाट
गोरखा, १५ फागुन । दुलाहा र दुलही दुईतिर गाउँलेहरु बाँडिएका थिए । कोही डोली रंगाउँदै थिए, कोही बेहुलाबेहुली सिंगार्दै । धार्चे गाउँपालिका ४ लाप्राकमा मंगलबार बिहानैदेखि बिहेको तयारी चलिरहेको थियो । दुलहाको घर ठुलो आँगन, दुलहीको घर फर्सी । बिहे थियो मकैको ।

बहेका लागि जैसी (ज्योतिष) ले १४ फागुनको साइत जुराएका थिए । कटुवालले गाउँभरि खबर फिँजाएका थिए । तीन दिनअघिदेखि नै बिहे प्रक्रिया सुरु भएको थियो । आइतबार लाप्राककै मनिडाँडामा काङछोय (डाँडामा गरिने पूजा) भयो ।

सोमबार बेलुकी दुई घोगा मकै ज्यातिषले जमिनमा गाडे । ‘हिजो (सोमबार) वरणी गरियो । त्यसपछि झाँतो चलाउन, मादल बजाउन, मकै भुट्न, होहल्ला गर्न, खनजोत गर्न, नहुने मान्यता छ, कसैले गरेनन्’ स्थानीय बिसबहादुर गुरुङले भने, ‘आज (मंगलबार) साइत हेरी हिजो गाडेको मकै झिकेपछि बिहे सुरु भएको हो ।’ यो समाचार हरिराम उप्रेतीले कान्तिपुरमा लेखेका छन् ।

तपाईको प्रतिक्रिया

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

0 Comments
Inline Feedbacks
View all comments