Online Bichar
मंगलबार, बैशाख ०४, २०८१ | Tuesday, April 16, 2024

पत्रपत्रिकाबाट

काठमाडौं, १५ फागुन । नेपालमा बिजनेस भिसामा बसेका विदेशी नागरिक धार्मिक र आपराधिक गतिविधिमा संलग्न हुने क्रम बढ्दै गएको छ । बिजनेस गर्न लगानी ल्याउने भन्दै उनीहरूले सजिलै भिसा पाउने गरेका छन् । तर, लगानी भने वार्षिक रूपमा घट्दै गएको छ । गत आर्थिक वर्षको पहिलो सात महिनाको तुलनामा यो वर्षको सोही अवधिमा नेपालमा विदेशी लगानी घटेको छ । लगानी घटे पनि विदेशी लगानीमा स्थापना हुने साना कम्पनीको संख्या भने बढ्दो छ ।

साना कम्पनीका नाममा लगानी बढ्नु शंकास्पद रहेको उद्योग विभागका अधिकारीहरू बताउँछन् । कम्पनी खोलेपछि बिजनेस भिसा पाइने भएकाले व्यापारको नाममा अन्य गतिविधिमा संलग्न हुन विदेशीहरूले साना कम्पनीमा लगानी बढेको उनीहरूको भनाइ छ । विभागका अनुसार अघिल्लो आर्थिक वर्षको पहिलो सात महिनामा १४ अर्ब एक करोड ७३ लाख रुपैयाँ वैदेशिक लगानी भित्रिएको थियो । चालू आर्थिक वर्षको सोही अवधिमा ११ अर्ब मात्र विदेशी लगानी आएको छ, तर कम्पनीको संख्या भने बढेको छ ।

विभागका निर्देशक प्रसन्न बोहराका अनुसार गत आर्थिक वर्षको यही अवधिमा विदेशी लगानीमा १७८ प्रोजेक्ट आएका थिए, तर यो वर्ष २१३ वटाले अनुमति लिएका छन् । ‘साना लगानीका प्रोजेक्टहरू बढेका छन्,’ उनले भने, ‘कतिपयले व्यापार गर्ने नाममा अन्य कामका लागि पनि यसरी प्रोजेक्ट भित्र्याएका हुन सक्छन् ।’

तपाईको प्रतिक्रिया