Online Bichar
सोमबार, चैत्र २३, २०८२ | Monday, April 6, 2026

नयाँ दिल्ली, २१ चैत २०८२ । पश्चिमी भारतको महाराष्ट्र राज्यमा एउटा कार सडकबाट नियन्त्रणबाहिर गएर दुर्घटना हुँदा नौजनाको मृत्यु भएको प्रहरीले शनिबार जनाएको छ ।

यो दुर्घटना शुक्रबार राति नासिक जिल्लाको डिन्डोरी सहरस्थित शिवाजी नगर क्षेत्रमा भएको हो । दुर्घटनास्थल मुम्बईबाट लगभग ३०५ किलोमिटर उत्तरपूर्वमा पर्छ ।

प्रहरीका अनुसार, सामाजिक कार्यक्रममा सहभागी भएर फर्कंदै गरेकाहरू कार दुर्घटनामा परेका हुन् ।

भारतमा बढी ‘लोड’, सडकको खराब अवस्था र लापरबाहीपूर्ण ‘ड्राइभिङ’का कारण दुर्घटना हुने गरेको छ । रासस/सिन्ह्वा

 

तपाईको प्रतिक्रिया