Online Bichar
शनिबार, साउन १२, २०८१ | Saturday, July 27, 2024

ओखलढुङ्गा, १४ फागुन । सुनकोसी गाउँपालिका १ बलखुमा आगलागी हुँदा एक घरसहित पशु चौपाया जलेका छन्।

मंगलबार अपराह्न तीन बजे खोले पकाउन आगो बाल्दा अम्बिका लुँइटेलको गोठबाट सल्किएको आगोले एक घर, तीन गोठसहित १० बाख्रा जलेका हुन्।

आगलागीबाट लुँइटेलको गोठसहित सात बाख्रा जलेका छन्। त्यस्तै पिताम्बर लुइटेलको एक घर, हर्कमाया लुँइटेल र राजन लुँइटेलको गोठसहित ३ बाख्रा जलेको स्थानीयले बताएका छन्। स्थानीयको पहलमा आगो नियन्त्रणमा लिने काम भइरहेको छ। थप क्षति हुन नदिने प्रयास भइरहेको र नियन्त्रणका लागि टोली खटाइएको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका प्रहरी निरीक्षक शरणकुमार दाहालले क्षतिको विवरण एकिन भइनसकेको जानकारी दिए। एक घर, तीन गोठ र पशु चौपाया समेत गरी करिब २० लाख बढीको क्षति भएको अनुमान गरिएको छ। आगलागीबाट घर गुमाएका पिताम्बर लुइटेल छिमेकीको घरमा बसेका छन्। आगलागी पीडितलाई सरकारले राहत दिनुपर्ने स्थानीयको माग छ।

तपाईको प्रतिक्रिया