Online Bichar
बिहिबार, बैशाख १३, २०८१ | Thursday, April 25, 2024

गौरादह, १४ फागुन । गौरादह बहुमुखी क्याम्पसको निर्माण हुने भनिएको भवन चालु आर्थिक बर्षको आठ महिना बित्नलाग्दा समेत निर्माण थाल्ने अत्तोपत्तो छैन । क्याम्पसको संचालक समितिका सदस्य तथा भवन निर्माण समितिका सदस्य समाजसेवी जुद्ध बहादुर बिष्टलाई समेत भवन निर्माण हालसम्म पनि प्रारम्भ नहुनुको कारण बारेमा कुनै जानकारी छैन् ।

समस्यको कारण खोजिगर्न उनले गौरादहको नागरिक समाज, संचारकर्मी, शुसाशनका लागि संघर्ष समिति गौरादह, उपभोक्ता हित संरक्षण मञ्च गौरादह, गौरादह सरोकार समाज, विद्यार्थी संगठन र जनप्रतिनिधिहरु समक्ष अपिल गरेका छन् ।
गौरादह बहुमुखी क्याम्पसको जग्गाजमिन तथा भवन गौरादह कृषि क्याम्पसलाई हस्तान्तरण गरेपछि हाल गौरादह बहुमुखी क्याम्पस जग्गा तथा भवन बिहिन छ । गौरादह कृषि क्याम्पसको भवनमा केही समय संचालन हुँदै गरेको बहुमुखी क्याम्पस छिटो भन्दा छिटो आफ्नो भवनमा सर्नुपर्ने बाध्यता छ । गौरादह नगरपालिकाले समेत भवन निर्माणको लागि भनेर आर्थिक बर्षको प्रारम्भमानै द्रुत मार्गबाट ४२ लाख दिएको नगरपालिका स्रोतले बताएको छ । तर भवन निर्माणको काम हाल सम्म पनि सुरुहुन सकेको छैन् ।

सदस्य विस्टको फेसबुक स्टाटस अनुसार चालु आर्थिक बर्षका लागि नगरपालिकाले थप ६० लाख बिनियोजन गरेको छ । त्यसैगरी प्रदेश सरकारले पनि १ करोड ३० लाख बिनियोजन गरेको छ ।

उनले समाजिक संजाल मार्फत भवनको किन निर्माण प्रारम्भ हुन सकेन भनेर सरोकार वाला समक्ष जवाफ मागेका छन् । क्याम्पस संचालक समिति नै सूचनाको हकबाट बञ्चित हुनु, नगरपालिका बेखबर रहेको अभिनय गर्नु र सूचना लुकाउनुको पछाडि के रहस्य छ ? संचालक सदस्य बिष्टले सामाजिक संजालको प्रयोग गरेर जवाफ र कारण खोज्नुपर्ने बाध्यता किन आयो ? क्याम्पसको आफ्ने भवन नहुँदा विद्यार्थीको मनोविज्ञानमा पुगेको क्षती र क्याम्पसको भविष्यको बारेमा को जवाफदेही हुने भनेर संचालक सदस्य विष्टले चिन्ता जाहेर गरेका छन् ।

सामाजिक संजालमा लेखिएका स्टाटस जस्ताकोतेस्तै ः

(गौरादह न. पा. अन्तर्गत गौरादह २ मा विगत ३ दशक देखि यस क्षेत्रका कमजोर आर्थिकस्थिति भएका जनताहरुलाई शिक्षाको ज्योति फैलाईरहेको गौरादह वहुमुखी क्याम्पसले कृषि क्याम्पसका लागि भवन यस आ. व. भित्र छाड्नु पर्ने बाध्यतालाई मध्येनजर गरि बहुमुखी क्यापस सुचारु गर्न गौरादह २ अमर नि. मा. वि पूर्व पट्टी (सिमाना जोडिएर)२ कठ्ठा जमिन क्याम्पसका नाममा खरिद भैसकेको परिस्थिति , यस क्षेत्रका अग्रज सामाजिक ,राजनैतिक व्यक्तित्वहरुको अथक पहल र प्रयासवाट भवन निर्माणका लागि प्रदेश सरकारको निर्णयबाट एक करोड ३० लाख नगरपालिकाको नगरपरिषद वाट विनियोजित भनिएको ६० लाख , काँहा छ ? भवन बन्न किन शुरु भएन ? यस आ. व. को बाँकि समय चैत्र,वैशाख,जेष्ठ मात्र छ । भवन बन्न नसकेका कारण बहुमुखीको पठन पाठन स्थगन गर्दा हुने अध्ययनरत विध्यार्थिको क्षतिको जवाफदेहि को हुनु पर्ने ? यी केही अनुत्तरित प्रश्नको जवाफ खोजि गरि सार्वजनिक गरि सहयोग गरिदिन हुन ।
१, सुसासनका लागि संघर्ष समिति २, उपभोक्ता हित संरक्षण मंच ३, गौरादह सरोकार समाज ४, पत्रकार वन्धुहरु ५, विद्यार्थि संगठनहरु ६, नगर पालिकाका जनप्रतिनिधि ज्युहरु मा हार्दिक अनुरोध गर्दछु ।
जुद्ध वहादुर विस्ट
क्याम्पस संचालक स. सदस्य
गौरादह वहुमुखि क्याम्पस ।
तपाईको प्रतिक्रिया