Online Bichar
बिहिबार, बैशाख १३, २०८१ | Thursday, April 25, 2024

वीरगञ्ज, १४ फागुन । भारतले पाकिस्तानको भूमिमा बम हानेको समर्थन गर्दै मंगलबार वीरगञ्जमा प्रदर्शन भएको छ ।

राष्ट्रिय जनता पार्टी (राजपा) नेपालको भातृसंगठन राष्ट्रिय बिद्यार्थी संघ र राष्ट्रिय युवा संघ पर्साको आयोजना प्रदर्शन भएको हो । जिल्ला प्रहरी कार्यालय अगाडी लालवगंलाबाट निस्केको जुलुशले वीरगञ्जको बिभिन्न भागको परिक्रमा गरेको थियो ।

प्रदर्शनपछि भएको कोणसभामा राजपाका महासचिव राजेशमान सिंहले आंतकवाद विरुद्धको लडाईको समर्थनमा रहेको बताए । प्रदर्शनमा राजपाका प्रेमबाबु पटेल, उमेशलाल सहनी, मिनु ठाकुर लगायतका नेता कार्यकर्ताको सहभागिता रहेको थियो । नयाँपत्रिकाबाट

तपाईको प्रतिक्रिया