Online Bichar
मंगलबार, बैशाख ११, २०८१ | Tuesday, April 23, 2024

काठमाण्डौं,१३ फाल्गुन । अख्तियार माथि नै चौतर्फी प्रश्न चिन्ह लागेपछि भ्रष्टाचारलाई पूर्ण नियन्त्रण गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नयाँ शैली अपनाउने भएको छ । आयोगभित्रकै क्रियाकलापलाई नियन्त्रण गर्न ‘इन्टलिजेन्स युनिट’ खडा गरेको छ ।

अख्तियारका आयुक्त राजनारायण पाठक नै घूस काण्डमा मुछिएपछि आयोगले आफ्नैभित्रको क्रियाकलापलाई नियन्त्रण गर्न युनिट खडा गरेको हो । यो युनिटले आयोगभित्रका भ्रष्टाचारलगायतका अपराधलाई निगरानी राख्नेछ ।

राष्ट्रियसभा अन्तर्गतको दिगो विकास तथा सुशासन समितिको आइतबारको बैठकमा प्रमुख आयुक्त नवीनकुमार घिमिरेको प्रत्यक्ष नियन्त्रणमा रहने गरी १५ जनाको युनिट खडा गरेको जनाएका छन् । यो युनिटले आयोगका कर्मचारीहरूको निगरानी राख्नेछ ।

आयोगकै पदाधिकारी भ्रष्टाचारमा संलग्न भएको भन्दै आरोप लाग्न थालेपछि प्रमुख आयुक्त घिमिरेले पछिल्लो घटनाबारे आयोगले छानविन थालेको बताए । उनले वरिष्ठ सचिवको संयोजकत्वमा गठित समितिले अनुसन्धान शुरु गरिसकेकाले घटनाको सत्य–तथ्यबारे चाँडै सार्वजनिक हुने बताए ।

वाइडबडी विमान खरिद प्रकरणमा पनि छानबिन भइरहेको र बयान लिने काम भइरहेको उनले बताए । आयोगलाई सहयोग गर्ने गरी जिल्ला–जिल्लामा नागरिक समूह गठन गरिरहेका छन् ।

तपाईको प्रतिक्रिया