Online Bichar
बिहिबार, आषाढ ११, २०८३ | Thursday, June 25, 2026

काठमाडौं, १३ चैत २०८२ । स्थानीय बजारमा सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, शुक्रबार सुन तोलामा ४६ सय रुपैयाँले घटेको हो ।

महासंघका अनुसार, आजका लागि प्रतितोला दुई लाख ८१ हजार रुपैयाँ कायम भएको छ ।

अघिल्लो दिन दुई लाख ८५ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, चाँदीको भाउ पनि घटेको छ । यस दिन तोलामा १५० रुपैयाँले घटेर चार हजार ६७० कायम भएको छ ।

अघिल्लो दिन चार हजार ८२० रुपैयाँमा कारोबार भएको थियो ।

 

तपाईको प्रतिक्रिया