Online Bichar
शनिबार, साउन १२, २०८१ | Saturday, July 27, 2024

काठमाडौं, १३ फागुन । गृहमन्त्रालयले शुक्रबार आठ जिल्लाका प्रमुख जिल्ला अधिकारी (सिडिओ)को जिम्मेवारी हेरफेर गरेको छ।

जसअनुसार इलाका प्रशासन कार्यालय बुटवलका प्रमुख रहेको सुशील वैद्यलाई कञ्चनपुरको कायममुकायम प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी दिइएको छ। रोतहटको कामु सिडिओमा गृहमन्त्रालयमा किरण थापा, पाँचथरको सिडिओमा गृहमन्त्रालयमा कार्यरत उपसचिव मुरारी वस्ती तथा कञ्चनपुरका कामु सिडिओ शंकरबहादुर विष्टलाई दार्चुलाका सिडिओको जिम्मेवारी दिइएको समाचार नयाँ पत्रिका दैनिकमा छ।

जिल्ला प्रशासन कार्यालय बाँकेका सहायक सिडिओका रुपमा कार्यरत सुरेशकुमार बझाङका सिडिओ भएका छन्। भक्तपुरका सहायक सिडिओ जयकुमार घिमिरे मुगुका सिडिओ, सिन्धुपाल्चोकका सहायक सिडिओ दुर्गा बन्जाडे जुम्लाका सिडिओ तथा इलाका प्रशासन कार्यालय साँखुमा कार्यरत मुकेश केसरीलाई डोल्पाको सिडिओ बनाइएको छ।

तपाईको प्रतिक्रिया