Online Bichar
बिहिबार, बैशाख १३, २०८१ | Thursday, April 25, 2024

स्विकृत कार्यबिधि नहुँदा कमिटी निर्माण अलमलमा, गुटको प्रभाव बढ्दो

काठमाडौं, १२ फागुन । नेकपाको बिघटित ९ सदस्यीय कार्यदलको बहुमतले सचिवालय समक्ष आज फरक प्रतिवेदन पेश गरेको छ । कार्यदल भंग गर्ने सचिवालयको निर्णयलाई चुनौती दिँदै नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का पाँच नेताले लिखित प्रतिवेदन बुझाएका छन् ।

स्विकृत कार्यबिधि नहुँदा कमिटी निर्माण अलमलमा परेको ठहर गर्दै बहुमत सदस्यले कमिटीलाइृ गुटको प्रभावबाट मुक्त गर्न पारदर्शी मापदण्ड बनाउनुपर्नेमा जोड दिएका थिए ।

सांगठनिक एकता टुंगो लगाउन स्थायी कमिटीले रामबहादुर थापा बादलको नेतृत्वमो ९ सदस्यीय कार्यदल बनाएको थियो ।

तर, प्रदेश कमिटी गठनको निर्णय सच्याउन संयोजक रामबहादुर थापा बादल र महासचिव विष्णु पौडेल तयार नभएपछि कार्यदलले प्रभावकारी रुपमा काम गर्न सकेन ।

शुक्रबार बसेको सचिवालय बैठकले कार्यदल भंग गर्दै सचिवालयले नै प्रस्ताव बनाउने निर्णय गर्‍यो । तर, विघटित कार्यदलका पाँच सदस्य सुरेन्द्र पाण्डे, वर्षमान पुन, देवुराम भुसाल, योगेश भट्टराई र लेखराज भट्टले सचिवालयको निर्णयलाई चुनौती दिँदै आइतबार लिखित प्रतिवेदन बुझाएका छन् ।

प्रतिवेदनमा कार्यदलमा उत्पन्न विवादबारे पनि बोलिएको छ । मापदण्डअनुसार प्रदेश कमिटी गठन गर्ने विषयमा मतभेद उत्पन्न भएको उल्लेख गर्दै भनिएको छ, ‘अन्य पार्टीबाट प्रवेश गरेको व्यक्तिहरु मापदण्ड नपुगेको भए पनि राख्नुपर्ने हो भने कम्तिमा पार्टीको संगठित सदस्यता दिने प्रक्रिया पुरा गरेर राखौं र विधानको धारा ३० घ लाई प्रयोग गरेर मापदण्ड पुगेर पनि छुटेका व्यक्तिहरुलाई समावेश गरौं भन्ने प्रस्तावलाई सकारात्मक ढंगले लिइएन ।’

तपाईको प्रतिक्रिया