Online Bichar
शुक्रबार, चैत्र १६, २०८० | Friday, March 29, 2024

काठमाडौं, १२ फागुन । सरकारले ‘जनताको जमिन एकीकरण’ गर्ने योजना अघि सारेको छ । भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारणमन्त्री पद्माकुमारी अर्यालले कृषि उत्पादन वृद्धि गर्न सरकारले उत्पादनयोग्य ‘जनताको जमिन एकीकरण’ गर्ने योजना अघि सारिएको जानकारी दिएकी हुन् ।

आइतबार प्रधानमन्त्री केपी शर्मा ओलीलाई मन्त्रालयको भावी योजनाबारे ब्रिफिङ गर्दै उनले कृषि उत्पादन बढाउन सरकारले हैसियत बिग्रेका वनको जमिन र सरकारी–सार्वजनिक जमिनलाई पनि उपयोगमा ल्याउन सकिने स्पष्ट पारिन् । मन्त्री अर्यालले कृषि उत्पादन बढाउन सरकारले उर्वर जमिन बाँझो राख्न नपाउने प्रावधानसहितको कानुनी व्यवस्था गर्न लागिएको पनि बताइन् ।

तपाईको प्रतिक्रिया