Online Bichar
बुधबार, मंसिर १०, २०८३ | Wednesday, November 25, 2026

काठमाडौं, १२ फागुन । एकसाता अघि नै देशभरि बम पड्काउने भन्ने सूचना प्रहरीको युनिटलाई आएको रहेछ । बम विस्फोट गराइँदैछ भन्ने सूचनालाई प्रहरीले गम्भीरतापूर्वक नलिँदा सर्वसाधारणको ज्यान गयो ।

सूचना आएको भोलिपल्ट प्रहरीले दिनभरि खोजेको थियो तर कुनै बम फेला पार्न सकेन । तर, शुक्रबार साँझ ललितपुरस्थित एनसेल टावरमा बम विस्फोट हुँदा एकजना सर्वसाधारणको ज्यान गयो । बम कसले विस्फोट गराएको भन्ने अझै पत्ता लागेको छैन । प्रहरी लगायत सर्वसाधारणको आशंका नेत्रविक्रम चन्द विप्लपको नेकपाले गरेको आशंका गरिएको छ ।

विप्लव नेतृत्वको नेकपाले विस्फोट गराएर आतंक मच्याउँदैछन् भन्ने सूचना प्रहरी प्रधान कार्यालयको एउटा युनिटलाई सूचना आएको रहेछ । काठमाडौंको कमलादीमा भेटिएको बम नेपाली सेनाको टोलीले निस्क्रिय बनाएको थियो।

आशंका अनुसार विप्लव समुहले चन्दा नदिएको निहुँमा एनसेल ताकेर कुकर बम पड्काउँदा सिंगापुर आर्मीबाट अवकाश पाएका सिमबहादुर गुरुङको अकालमा ज्यान गएको छ ।

तपाईको प्रतिक्रिया

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

0 Comments