Online Bichar
शुक्रबार, बैशाख १४, २०८१ | Friday, April 26, 2024

गौरादह, १० फागुन । झापाको गौरादहमा १ दिने नगर स्तरीय कविता वाचन प्रतियोगिता सम्पन्न भएको छ । गौरादह १ स्थित गोल्डेन सनराइज माविको प्राङगढमा कार्यक्रम सम्पन्न भएको हो ।

क्रिएटिभ नेप्लीज युथ क्लब सम्पर्क गौरादह शाखाले आयोजना गरेको कार्यक्रममा सामुदायीक र संस्थागत गरि १४ वटा विद्यालयले सहभागीता जनाएका थिए । अग्नि मनमाया स्मृतिकोष र वडा सदस्य कोमल ढुंगानाको आर्थिक सहयोग रहेको थियो ।

शिक्षक गोपाल काफ्ले र सन्तोष कार्कीको निर्णयार्थमा गोल्डेन सनराइज मावि प्रथम, माउन्ट एभरेष्ट मावि द्वितिय, प्रगति मावि तृतिय र कन्चनजंघा मावि सान्तव्ना पुरस्कार प्राप्त गरेका थिए ।

विजेता स्कुल र विद्यार्थीहरुलाई कार्यक्रमका प्रमुख अतिथि वडा नं. १ का वडाध्यक्ष नगेन्द्र भण्डारीले मेडल, प्रमाणपत्र, कप वितरण गर्नुका साथै सहभागी सबैलाइ प्रमाण पत्र वितरण गरिएको क्रिएटिभ नेप्लीज युथका संयोजक तथा कार्यक्रमका सभापति पुजन भट्टराईले जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया